हातमा 'शून्य': 'म' भन्दा भन्दै मधेशले बिर्सिएका मसिहाहरू
चर्को घाम, भित्तामा अडेस लागेका थकित अनुहार, अनि माथितिर झुन्डिइरहेको 'नतिजा: ०' को भव्य बोर्ड ! चित्रमा देखिएका यी अनुहार कुनै जमानाका मधेशका 'मसिहा' हुन्, जसलाई लाग्थ्यो– मधेश भनेकै उनीहरू हुन् र उनीहरू भनेकै मधेश हुन् । तर, ०८२ सालको चुनावमा जेनजी आन्दोलनपछिको छालले यस्तो आँधी ल्याइदियो, जसले मधेशका ठेकेदारसापहरूलाई सिंहदरबारको छिँडीबाट सिधै सडकको धुलोमा पछारिदिएको छ ।
उपेन्द्र यादवजी निधारमा हात राखेर बिलौना गर्दै छन्– "म मात्रै भन्दा मधेशले चिन्न छोडेछ !" तब यादवजी ! जबसम्म 'मधेशी जनताला'लाई बिर्सेर 'म' र 'मेरो कुर्सी' मात्रै भजिरहनुहुन्छ, तबसम्म जनताले बाकसमा भोट होइन, 'शून्य' नै उपहार दिन्छन् । मधेश आन्दोलनको जगमा आफूलाई यसरी स्थापित गर्नुभयो कि पार्टी फुटोस् या जुटोस्, तपाईं सधैँ 'ठेक्दारसाप' । तर यसपालि सप्तरी ३ मा अमरकान्त चौधरीसँग १५ हजार मतमै खुम्चिनुपर्दा पक्कै याद आयो होला– मधेशको भोट कुनै जमिनदारीको बपौती होइन रहेछ ।
उता जनमत पार्टीका डा. सिके राउतजीको 'हर्न' पनि यसपालि नराम्ररी थन्कियो । अघिल्लो चुनावमा जसलाई हराएर हिरो बन्नुभएको थियो, यसपालि आफ्नै किल्लामा तेस्रो स्थानमा धकेलिएपछि सायद उहाँलाई पनि जनमतको असली तागत थाहा भयो होला ।
अनि हाम्रा सदाबहार मन्त्री शरत्सिंह भण्डारी र राजेन्द्र महतोजीको त झन् के कुरा गर्नु ! १९ पटक मन्त्री खाएर अझै 'देश बनाउन' गर्न तम्सिएका भण्डारीजीलाई जनताले यसपालि ससम्मान 'पेन्सनपट्टा भिराएर पठाइदिएका छन् । सद्भावनाबाट सुरु भएको राजेन्द्र महतोको राजनीतिक यात्रा 'राष्ट्रिय मुक्ति पार्टी'सम्म आइपुग्दा मधेशका जनताले उहाँलाई संसद्बाटै सधैँका लागि 'मुक्ति' दिने निर्णय गरेछन् । ५ हजार भोट ल्याएर चौथो हुनुको पीडा चानचुने कहाँ हो र, कार्टुनमा अडेस लागेर रुनुको विकल्प पनि त भएन !
मधेशका ३२ सिटमध्ये ३० सिटमा घण्टी बज्दा यी घट्टे (हेभीवेट भन्छन क्यार अंग्रेजीमा) नेताहरूको कान मात्रै गुन्जिएन, तीन दशक लामो राजनीतिक पसलको सटर नै डाउन भयो । चुनाव जित्न अब पुरानो पहिचानको सेन्टिमेन्ट र नारा बेचेर मात्र पुग्दैन, समस्या र मुद्दामा इमान्दारी चाहिन्छ भन्ने कुरा मधेशका जनताले भ्यालेट बक्सबाटै बुझाइदिए ।
कार्टुनमा देखिएको त्यो '०' (शून्य) अब उनीहरूको राजनीतिको अन्तिम स्कोरबोर्ड हुन सक्छ । अब यो शून्यलाई हेरेर ध्यान गर्ने कि, 'म' भन्ने अहंकार त्यागेर जनताको 'हामी' भित्र अटाउने प्रयास गर्ने ? छनोट उहाँहरूकै हातमा छ । तर तत्कालका लागि भने मधेशले स्पष्ट सन्देश दिएको छ– "अब तपाईंहरूको म्याद सकियो !"
Anya is live and ready to show you everything. Watch her strip, dance, and perform exclusive shows just for you. Interact in real-time and make your fantasies come true.
✓ Live Streaming✓ Interactive Chat✓ Private Shows✓ HD Quality✓ Free Actions
Free to watch • No registration required • HD streaming
देशमा भर्खरै एउटा ठूलो राजनीतिक भूकम्प गएको छ। अस्ति भर्खरका सडक आन्दोलनहरूमा देखिएको युवा पुस्ताको त्यो जब्बर जोसले यसपालि ब्यालेट बक्समै आँधी ल्याइदियो। रास्वपाको झन्डै दुई तिहाइ बहुमत र बालेन शाहको सिंहदरबार यात्रा अब चियापसलको गफ रहेन, यथार्थ बन्यो। तर, यो ऐतिहासिक उथलपुथल सँगसँगै हाम्रो समाजमा एउटा नयाँ मनोवैज्ञानिक रोगले पनि महामारीको रूप लिएको छ— 'अब त बालेन प्रधानमन्त्री भइहाले, मेरो घरको ग्यास किन सकियो ?'
नयाँ पत्रिका, २०८२/११/१
हो, चुनाव जित्नु र सरकार चलाउनु एउटै कुरा होइन भन्ने बुझ्न हामीलाई अलि गाह्रै पर्छ। हाम्रो मनोविज्ञान कस्तो भइसक्यो भने, नयाँ सरकारले शपथ नलिँदै इन्डियन आयल कर्पोरेसनले पाइपलाइन सिधै हाम्रो भान्साको चुल्होमा जोडिदिनुपर्छ। बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्नेबित्तिकै बिहान उठ्दा धारामा तातो पानी आफैँ आउनुपर्छ र बजारमा तरकारीको भाउ 'वाइफाइ' कै स्पिडमा घट्नुपर्छ!
कार्टुनमा देखिएको त्यो रित्तो सिलिन्डर र पसिना काढ्दै गरेको दाइको चित्रले अहिलेको हाम्रो यही हतारोलाई गिज्याइरहेको छ। छेउमा उभिएर गफ दिने भद्रभलादमीले भनेजस्तै, 'सरकार नबनिहालेर ग्यास अभाव भएको' मान्नेहरूका लागि देश बनाउनु भनेको सायद १५ सेकेन्डको टिकटक भिडियो बनाउनु जत्तिकै सजिलो काम हो। परिवर्तनको लागि भोट हाल्नु एउटा सुरुवात मात्र थियो, तर हामी त भोट खसालेको भोलिपल्टै नतिजाको 'इन्स्ट्यान्ट नुडल्स' खोजिरहेका छौँ।
नयाँ नेतृत्वप्रति आशावादी हुनु एकदम स्वाभाविक हो। वर्षौंदेखिको निराशा चिरेर अगाडि बढ्न यो नेतृत्व सफल होस् भन्ने कामना पनि छ। तर, सिंहदरबारको कुर्सीमा बस्नेबित्तिकै छुमन्तर गरेर सबै समस्या समाधान हुने जादुको छडी पक्कै कसैसँग हुँदैन। नीति नियम, अन्तर्राष्ट्रिय बजार र हाम्रो आफ्नै अस्तव्यस्त प्रणाली सुध्रिन समय लाग्छ।
त्यसैले, परिवर्तनको यो उत्साहजनक माहोलमा पनि अलिकति यथार्थको धरातलमा टेकिराख्नु बेस हुन्छ। दुई तिहाइको सरकारले बिस्तारै आफ्नो बाटो समाउला, तर तत्कालको लागि भने खाली सिलिन्डर बोकेर ग्यास डिपोमै लाइन बस्नुको विकल्प छैन। आखिर, सिलिन्डर भर्नलाई 'म्याजिक वान्ड' होइन, अझै पनि पैसा र पालो नै चाहिन्छ!